• 2082 भाद्र २१  शनिबार
  • Saturday 06 Sep 2025

   पोखरा महानगरपालिका र एलेक्स ट्रेडर्ससँग भएको सम्झौता

Details Image

पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोक स्थित महानगरको स्वामित्वमा रहेको भवनमा सञ्चालित एक पसलमा महानगरपालिकाले ताला लगाइदिएको छ ।

पोखरा महानगरपालिका र एलेक्स ट्रेडर्ससँग भएको सम्झौता बमोजिमको रकम समयमा भुक्तानी नगरेपछि महानगरपालिकाले ताला लगाइदिएको हो । भवनको सटर नं.८ मा सञ्चालित एक पसलमा नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोली पसल बन्द गरिदिएको हो ।

पसलले महानगरपालिकालाई वैशाखदेखिको भाडा तिरेको छैन । पटक पटक भाडा रकम तिर्न आग्रह गर्दा पनि अटेर गरेपछि तालाबन्दी गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।