
ध्यानाकर्षण सम्बन्धमा !
आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले महानगरमा कार्यरत ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको छ । कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया हो । कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ । आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।
अतः यस कार्यालयले गरेको सरुवाको वास्तविकतालाई रिदयङ्गम् गरी इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूको भ्युज बढाउने मनसायले गरिएका यस प्रकारका भ्रामक प्रचार तथा टीकाटिप्पणीहरूको पछाडि नलाग्नुहुन पोखरा महानगरपालिका सवैमा अनुरोध गर्दछ ।
मिति : २०८१/०५/०२
मोतीलाल तिम्सिना
प्रवक्ता
पोखरा महानगरपालिका